anupriya gc

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

सेयर गर्नुहोस्
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Anupriya-GC

अनुप्रिया जिसी – नेपाल ल क्याम्पस

सम्माननीय बलत्कारी ज्युँ ।
तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो ।
बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो ।
तपाईं त बलत्कार गरेर फरार हुनु होला ,

माथि माथि चिनेका मान्यजन सँग उठ्बस होला ,

पक्राउ मा परे पनि केही बर्ष मै छुट्नु होला सायद महिना पनि
तर मेरो के??
म दिन दिनै मर्ने छु
गाडीमा चड्दा सह चालकको छुवाइले त मलाई दिन भरी बिचल्लीत पार्दिन्छ भने,

तपाईंका ती पशु रूपी नयन मेरा निर्दोष शरीरमा पर्दा मलाई असहय हुनेछ,

तपाईंका अंग प्रति अंगले मेरो शरीर केलाउँदा म मरे तुल्य हुनेछ
त्यसैले मेरो बलत्कार पछि हत्या गरिदिनुस् ।

म आफूमाथि कुकर्म गर्ने दोषीलाई हाँसेको देखेर दिनदिनै मर्ने छु,

बिन्ती मेरो बलत्कार पछि हत्या गरिदिनुस् ।

मेरो सर्वांग छोपेर हिँड्दा पनि
समाज मेरो शारीरिक बनोटको अनुमान लगाउने छन अब
त्यसैले मलाई बलत्कार पछि मृत्युको मुहार देखाईदिनुस् ।

म सामान्य जिवन बाँच्न सक्दिन अब
मलाई समाजले मायाले भन्दा दयाका दृष्टिले हेर्नेछ।

मेरो परिवार अब समाजमा अपराधी सरह हिँड्नु पर्नेछ ।
न्याय पाउँला नपाउँला तर

सञ्चार माध्यमका लागी म समाचारको श्रोत हुनेछ ।
त्यसैले कृपया ममाथि दया गरेर बलत्कार पछि हत्या गरी दिनुस्,

ममा पटक पटक जिउँदै मर्ने सहस छैन अब ।
बिन्ती मेरो बलत्कार पछि हत्या गरी दिनुस् ।

उही तपाईंकी
सायद अब हुन लागेकी सिकार
अनुप्रिया जिसी

Facebook Comments

सेयर गर्नुहोस्
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares