nirmala panta

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

सेयर गर्नुहोस्
  • 2.4K
  • 112
  •  
  •  
  •  
  •  
    2.5K
    Shares

समाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार पाएका केही प्रहरी स्वयम लागेकोले महिलाहरुले मात्र होइन समग्र नागरीकको सुरक्षार्थ प्रश्न खडा भएको छ । राज्यले गठन गरेको संस्था नागरिककै नागरिक हक मात्र होइन बाँच्न पाउने हक नै धरासाही वनाउदै गर्दा सामाजिक संजालमा छल्किएका भावहरु उत्तिकै भावनात्मक कारुणिक र न्यायको पर्खाइमा छन ।

सामासजक संजालमा पाईएका विभिन्न कारुणिक कविताः

निर्मला!
म त छक्क पर्छु निर्मला!
तिम्लाई बलत्कार गर्नेकी बैनी कसरी बाँचेकी होलिन!
तिम्लाई बलत्कार गर्नेकी आमा कसरी हांसेकी होलिन!!

तिम्रो रगताम्य सुरुवाल धुने पुलिस्नीले,
निर्मला!
आफ्नै सुरुवाल हो भनी सोच्न सकिन,
आफ्नै छोरीलाई दाँजेर हेर्न सकिन,
बर्दी भन्दा माथी उठेर सास फेर्न सकिन,
तिमीले धैर्य गर- निर्मला!
बिद्या मरेकी छैन!
शुशिला निदाएकी छैन!!
अनुराधा हराएकी छैन!!!
तर, यिनका मुख-
के ले टालिएका छन- कसैले बुझ्दैन!
जुन दिन-
म जस्ता छोरी हरुको आँधी उर्लिने छ-
त्यो उग्र आँधी कसैले छेक्न सक्ने छैन!
हाम्रो नाङ्गो हडताल कोही देख्न सक्ने छैन!
देखिहाले पनि इतिहासले लेख्न सक्ने छैन!
कदम कदचित लेखिईहाल्यो भने-
निर्मला!
कुनै महापुरुषले चाहेर मेट्न सक्ने छैन !!!

त्यसैले म भन्छु,
निर्मला!
तिमी मरेकी छैनौ,
तिमीले मान्छे ब्युताएकी छौ,
सुतेका हरुलाई उठाएकी छौ,
छरिएका हरुलाई जुटाएकी,
तिमी त निर्मला!

जमुना भुषालको फेसबुक वालवाट

Facebook Comments

सेयर गर्नुहोस्
  • 2.4K
  • 112
  •  
  •  
  •  
  •  
    2.5K
    Shares