nepal bar association

बारमा लोकतान्त्रिक समूहका पोखरेल अगाडि

सेयर गर्नुहोस्
  • 1.5K
  • 54
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलको अग्रता कायम रहेको छ ।

उपत्यकाबाहिर सबै जिल्लाको मत गनिसक्दा पोखरेलले एक हजार ७८६ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् । पोखरेललाई प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ५६१ मतले पछ्याइरहनुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

त्यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले एक हजार ७८५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले एक हजार ४७५ मत प्राप्त गर्नुभएको छ । अहिले उपत्यकाको एक हजार २८९ मत गणना हुन थालेको उहाँले जानकारी गराए । बिहीबार दुई हजार ५७५ मतगणना हुनेछ । 

२५ औँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । 

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक-एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए । श्रोत: १२ खरी

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.5K
  • 54
  •  
  •  
  •  
  •  
    1.5K
    Shares