dalit women

दलित महिलालाई स्तन ढाक्ने अधिकार सम्म थिएन

सेयर गर्नुहोस्
  • 5.4K
  • 76
  •  
  •  
  •  
  •  
    5.5K
    Shares

हिन्दु सामन्तवादले सिर्जना गरेको वर्ण व्यवस्थाको जाँतोमूनि ३ हजार वर्षदेखि दक्षिण एसियामा करोडौं मानिस पिल्सिएका छन् । तीनै दलित भनिएका समुदायको महिलाहरु दक्षिण एसियामै ५० वर्षसम्म आफ्नो स्तन ढाक्नकालागि सङ्घर्ष गर्नु परेको कुरा सुन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । तर इतिहासमा यस्तै भयो ।

भारतको केरल स्थित त्रावणकोर इलाकाका दलित महिलाहरुलाई आफ्नो स्तन ढाक्ने अधिकार सम्म थिएन । परिस्थिति कतिसम्म थियो भने ब्राम्हण पुरुषको अघि दलित महिलाहरुले आफ्नो वक्ष खुला राख्नु पथ्र्यो । दलित महिलाहरुलाई आफ्नो अंग छोप्नेसम्म अधिकार थिएन । यदि दलित महिलाले कपडा लगाएमा उसलाई जस्तोपनि सजाय हुने व्यवस्था थियो । तल्लो जातकी महिलाले यदि सिधा शिर गरेर दरवार आई भने उसको स्तन काट्नेसम्मको आदेश दरवारबाट हुनसक्थ्यो ।

उक्त अधिकार पाउनका लागि त्यहाँका महिलाहरुले ५० वर्षसम्म घनिभूत सङ्घर्ष गर्नु परेको थियो । उक्त अधिकार प्राप्तिका लागि त्यहाँका तल्लो भनिने नादर जातिका दलित महिलाहरु स्वयम्ले करिव आधा शताब्दी लामो संघर्ष गर्नु परेको थियो ।

यो सङ्घर्ष भारतको आजादीको संघर्षसँगपनि जोडिएको छ । त्यसबेला उक्त राज्यको शान्ति भङ्ग भएको थियो । समाजका अन्य पक्षलेसमेत महिलाले आफ्नो स्तन छोप्न नपाउने कुरुप चलनको विरोध गरेका थिए । विभिन्न दवावको बाबजुत उक्त इलाकाका राजाले २६ जुलाई १८५९ मा महिलाले आफ्नो स्तन छोप्न पाउँने अधिकार दिएका थिए । एजेन्सी

Facebook Comments

सेयर गर्नुहोस्
  • 5.4K
  • 76
  •  
  •  
  •  
  •  
    5.5K
    Shares