supreme court

सुन तस्करी प्रकरणमा उच्च अदालतकै आदेश सदर

सेयर गर्नुहोस्
  • 1.2K
  • 3
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

काठमाडौं । सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका महावीर गोल्यान (चाचाजी) बाहेक अरु हकमा उच्च अदालत बिराटनगरकै फैसला सदर गरिदिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका गोल्यानबाहेक अरु हकमा उच्च अदालत बिराटनगरकै फैसला सदर गरिदिएको हो ।

उच्च अदालतले गोल्यानलाई पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, सर्वोच्चले उनलाई १० लाख धरौटीमा थुना बाहिरै बसेर न्यायिक उपचार पाएका छन् ।

जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्विकार गरेपछि आरोपितहरु उच्च अदालत विराटनगर पुगेका थिए । उच्चले पनि धरौटीमा छोड्न अस्विकार गरेपछि उनीहरुले त्यसविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।

गत १९ देखिको निरन्तर सुनवाईपछि आज टुंगो लगाउँदै सर्वोच्चले दिएको आदेश अनुसार निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा. डेभिड र थुनामा नै रहने भएका छन् ।

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.2K
  • 3
  •  
  •  
  •  
  •  
    1.2K
    Shares