नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले दिए आँधी प्रभावितहरुलाई राहत

सेयर गर्नुहोस्
  • 1.3K
  • 74
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

चैनपुरका प्रभावितहरुलाई राहत

नेपाल ल क्याम्पसमा एलएलबी प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले आँधी प्रभावितहरुलाई राहत वितरण गरेको छ । विद्यार्थीहरुको सक्रियतामा विभिन्न व्यक्ति र संस्थाबाट संकलन गरिएको रकमबाट बाराको चैनपुरका प्रभावितहरुलाई राहत वितरण जानकारी दिए । राहतमा ५० थान झुल, ५० थान टर्च लाइट, ५० थान टिसर्ट तथा डस्ना र खाद्य सामाग्रिहरु वितरण गरिएको थियो ।

राहात वितरणका लागि जाने टोलीमा विद्यार्थीहरु सन्तोष सापकोटा, सागर भण्डारी, उषा राई, रविन सिंह र नेल्शन घलान रहेका थिए ।

यसैबीच सहयोग स्वरुप प्रसाद गुरुङबाट १५ हजार, पायोनिर नेपालका परितोस गुप्तबाट १० हजार, युना रेष्टुरेन्ट एण्ड बारका सुमन महर्जनबाट ५ हजार, सौगत मन्टेस्वरीकी राज्य लक्ष्मि बैदारबाट ५ हजार, एलएलबी प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुबाट संकलन गरिएको ४ हजार ५ सय, कानून व्यवसायी राजकुमार श्रेष्ठबाट ५ सय र कालिन्चोक पुस्तक पसलबाट ४ सय ८५ रुपैँया संकल भएको घलानले बताए ।

बारा र पर्सामा आएको विनाशकारी आँधीमा परि २८ जनाको ज्यान गएको थियो भने करिव १ हजार जना घाइते भएका थिए । साथै सयौँ घर तथा गोठहरु भत्किएका नेपाल ल क्याम्पस विद्यार्थी तथा काठमाडौ जिल्ला नेपाल खेल्कुद महासङका सहिबालय सदस्य बिबेक निरौलाले बताए ।

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.3K
  • 74
  •  
  •  
  •  
  •  
    1.3K
    Shares