police community

अपराध नियन्त्रण गर्न समुदायसँग सहकार्य आवश्यक

सेयर गर्नुहोस्
  • 1.3K
  • 11
  • 1
  •  
  •  
  •  
    1.3K
    Shares

समुदायमा हुने अपराध नियन्त्रणका लागि समुदायसँग सहकार्य आवश्यक रहेको बताइएको छ । सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले शनिबार यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले समुदाय–प्रहरी सहकार्य भएमात्र अपराध नियन्त्रण हुने बताएका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले समाजको विकास तथा शान्ति सुरक्षा कायम राख्न समुदायका सबै सदस्यले समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । समाजमा आइपर्ने समस्याको सामना गर्न सबै समुदायका सदस्य सक्रिय भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति, विसङ्गति र दुरूपयोगलाई निरुत्साहित गर्न स्थानीय निकाय तथा सङ्घसंस्थासँग सहकार्य तथा समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले अपराध नियन्त्रण प्रहरी एक्लैले नसक्ने भन्दै समुदायसँग सहकार्य आवश्यक भएको उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिका–४ का अध्यक्ष मोहनबहादुर विष्टले शान्त समाज निर्माणका लागि प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

चोरीको स्कुटरसहित एक पक्राउ

नेपाल प्रहरीले चोरी गरेको स्कुटरसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले चोरी भएको बा५०प ५७६५ नंको स्कुटरसहित रामेछापका १९ वर्षीय वीर तामाङलाई शनिबार काठमाडौँ महानगरपालिका–१ नक्सालबाट पक्राउ गरेको हो ।

वृत्तबाट खटिएको टोलीले जाँचका क्रममा उक्त स्कुटर चोरी गरेर ल्याएको खुल्न आएको छ । पक्राउ तामाङसँग स्कुटर चोरीबारे आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । रासस

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.3K
  • 11
  • 1
  •  
  •  
  •  
    1.3K
    Shares