81yr-old-gau-nikala

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

सेयर गर्नुहोस्
  • 2K
  • 39
  •  
  •  
  •  
  •  
    2K
    Shares

गुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १ गते राति लालबहादुरसँगै सावित्रालाई भेटेपछि स्थानीयले उनीहरुलाई बाँधेर कुटपिट गरी घर भत्काएर गाउँनिकाला गरेका हुन् ।

अर्बेनी गाविस कार्यालयका सहायक ४५ वर्षीय झबिलाल न्यौपाने र सावित्राका भतिजा ४३ वर्षीय चिन्तामणि न्यौपानेले उनीहरु दुबैजनालाई गाउँ निकाला गरेको वृद्धका छोरा ३७ वर्षीय अनुज सुनारले बताए । ‘गाउँ निकालाको कागजमा दुवैजनालाई जबरजस्ती ल्याप्चे लगाई गाउँ निकाला गरियो,’ उनले भने ।

कुटाई खाएको पाँचौं दिनसम्म पनि वृद्ध हिँड्न सकेका थिएनन् । उनको खुट्टामा लाठी हानेको नील डाम छन्। उनीहरू दुबैलाई बाँधेर कुटपिट गरी गाउँ डुलाएर गाविसमा लगि गाउँ निकालको कागत बनाएको घटनामा संलग्न चिन्तामणिले स्वीकारे । अन्नपूर्ण पोष्ट

Facebook Comments

सेयर गर्नुहोस्
  • 2K
  • 39
  •  
  •  
  •  
  •  
    2K
    Shares