smoking

धूमपानले प्रत्येक दिन १७ अस्ट्रेलियालीको मृत्यु

सेयर गर्नुहोस्
  • 1.4K
  • 2
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

अस्ट्रेलियामा धूमपानका कारण हुने हृदयाघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ । अस्ट्रेलियाली नेसनल युनिभर्सिटी (एएनयू) ले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै धूमपानसम्बन्धी डरलाग्दो तथ्य सार्वजनिक गरेको हो।

धूमपानका कारण हृदयाघातको समस्या हुने सो अध्ययनमा जनाइएको छ। एएनयू विश्वविद्यालयअन्तर्गतको जनस्वास्थ्य तथा इपिडिमियोलोजी केन्द्रका एमिली ब्याङ्स नेतृत्वको टोलीले सात वर्ष लगाएर अनुसन्धान गरेको हो।

मृत्यु हुने मध्ये अधिकांशले प्रत्येक दिन कम्तीमा पाँचवटा चुरोट पिउने गरेको अध्ययनमा देखाइएको छ।

अध्ययन टोलीले धूमपान गर्ने एक लाख ९० हजार अस्ट्रेलियालीमा अनुसन्धान गरी उनीहरूलाई धूमपान नगर्ने मानिससँग तुलना गरेको थियो। धूमपान नगर्नेको भन्दा गर्नेहरूलाई ३६ प्रकारका फरक रोग देखिएको अध्ययनमा जनाइएको छ।

धूमपानले मुटुसम्बन्धी विभिन्न रोग र फोक्सोमा समस्या देखिने गरेको अध्ययनकर्ताले जनाएका छन्। अस्ट्रेलियामा अहिले धूमपान गर्ने व्यक्तिको संख्या कुल २७ लाख रहेको अध्ययन टोलीका प्रमुख ब्याङ्सले बताए। उनीहरूमध्ये अधिकांशले प्रत्येक दिन कम्तीमा पाँचवटा चुरोट पिउने गरेको अध्ययनमा देखाइएको छ।

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.4K
  • 2
  •  
  •  
  •  
  •  
    1.4K
    Shares