muluki ain 2020

मुलुकी ऐन २०२०

सेयर गर्नुहोस्
  • 1.5K
  • 22
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

मुलुकी ऐन १९१० कै परिमार्जित र परिष्कृत रुप मुलुकी ऐन २०२० हो । यसमा १९ महलहरु छन् जसमध्ये अदालती बन्दोबस्तको र दण्ड सजायको महल पुर्ण रुपमा कार्यबिधि सम्बन्धी महलहरु हुन् भने “कागज जाँचको”, “अंश बण्डाको” लगायतका १७ वटा महलहरु सारवान कानुन हुन् ।

मुलुकी ऐन हाल सम्म आईपुग्दा १२औं पटक संशोधन भईसकेको छ । २०४६ अगाडि नै नौ पटक संशोधन भएको यो ऐन २०४६ सालको जन आन्दोलन पश्चात २०४७ सालमा जारी भएको संबिधानको भावना अनुरुप कानुनी ब्यबस्था मिलाउन २ पटक र २०६३ को अन्तरिम संबिधान अनुकुल कानुन र न्यायलाई परिष्कृत बनाउन एक पटक गरी हालसम्म १२ ‌औ पटक संशोधन भएको हो ।

मुलुकी ऐन

मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो। मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो। जंगबहादुर राणा ले बेलायात यात्रा बाट फर्के लगत्तै यो ऐन बनाएकोले यसमा युरोपको ठुलो छाया परेको छ भन्ने पानि गरिन्छ। तर यो कानुन नितान्त मौलिक कानुन हो।

नेपालको कानुनको ईतिहास हेर्दा चौधौ सताव्दीमानै राजा जयस्थिति मल्लले मानव न्यायशास्त्र जारी गरेका थिए। यो ऐन हिन्दू दर्शनसनमा आधारित रहेको स्पस्ट रुप्मा देख्न सकिन्छ। यो कानुनको मुख्य उदेश्य जातको आधारमा अपराधीहरुलाई सजायको ब्यबस्था गर्नु रहेको थियो।

यो ऐनको मस्यौदा लोकपाति र लेसपाति झा ले मनुस्मिर्तिको आधारमा गारेका थिए । उनिहरु दुबै जना भारतीय बार्महण थिए । राजा सुरेन्र्दले ऐनको मस्यौदा गरेबापात लोकपाति र लेसपाति झालाई महोत्तरिमा ५०० बिघा जग्गा दिएका थिए भन्ने कुरा इतिहासमा पाइन्छ । बि स १९१०को सन्दर्भमा बि स १९१० को मुलुकी ऐनलाई राम्ररी अध्ययन गर्ने हो भने यो ऐन निकै परिपक्व देखिन्छ ।

कानुनको अध्ययन गर्दा पश्चिमा देशहरुलाई अग्र पङ्तीमा राखेर अध्ययन गर्ने हाम्रा कानुनविदहरुले हाम्रो आफ्नो मौलिक कानुनलाई त्यति वास्ता गरेको पाईन्न । पुर्बीय दर्शन पश्चिमा दर्शन भन्दा कानुनको विकासमा धेरै पुरानो छ। नेपाली कानुनको श्रोत हिन्दु धर्मका विभिन्न ग्रन्थहरुमा लिपिबद्ध ज्ञान बिचार अवधारण र सिद्धान्तहरु हुन् । यी श्रोतहरु धेरै पुराना र एकदमै विश्वसनीय छन्। ऋग बेद ६५०० बिसीमा लेखिएको कुरा कानुनविद प्राध्यापक डा युबराज सग्रौला बताउनुहुन्छ ।

पुर्बीय सभ्यताको ईतिहास हेर्दा करीब ५००० बिसीमा नै इन्दु भ्यालीको सभ्यताको शुरुवात भएको पाईन्छ । मानव सभ्यतालाई चलायमान र ब्यबस्थित बनाउनका लागि जुन ज्ञान बिचार अवधारण र सिद्धान्तहरु बिकसित गरियो तिनै कुराहरु हाम्रो कानुनहरुमा प्रतिबिम्बित भएका छन् । मुलुकी ऐन १९१० र २०२० मा हिन्दु दर्शनको भने पुर्ण प्रभाव रहेको पाईन्छ। जसरी हिन्दु धर्ममा अधिकार भन्दा कर्तब्यलाई बढी ग्राह्यता दिईएको छ त्यसरी नै मुलुकी ऐनमा पनि अधिकार भन्दा कर्तब्यलाई नै बढी महत्व दिईएको छ। मुलुकी ऐन यस्तो कानुनी दस्तावेज हो जसमा सारवान र कार्यविधि दुबै कानुनी ब्यबस्थाहरु पाईन्छ ।

मुलुकी ऐन १९१० मा १६३ वटा महलहरु छन् जसमा “अदालतीको”, “कैदी झिकाउन्याको”, “म्यादको” लगायतका छुट्टै महलहरुमा कार्यविधि कानुन सम्बन्धी ब्यबस्था गरिएको छ भने “जग्गा जमीनको”, “मोही टलसिङको”, “अंशबण्डाको” लगायतका विभिन्न महलहरुमा सारवान कानुनी ब्यबस्थाहरु पाईन्छन् ।

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.5K
  • 22
  •  
  •  
  •  
  •  
    1.5K
    Shares