sanat-devkota

ल क्याम्पसका सहायक प्रमुख देवकोटालाई हृदयघात

सेयर गर्नुहोस्
  • 1.3K
  • 2
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं वरिष्ठ अधिवक्ता सनद देवकोटालाई हृदयघात भएको छ। देवकोटाले छाति र टाउकोमा असजिलो महसुस गरेपछि बुधबार राति जाँचका लागि अन्नपूर्ण न्युरो अस्पताल पुर्‍याइएको थियो।

अस्पतालका नसा रोग विशेषज्ञले मुटुमा प्रभाव परेको जानकारी दिएका थिए। त्यस लगत्तै देवकोटा आफैं कार चलाएर महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए। देवकोटाको स्वास्थ्य अवस्था स्थिर रहेको नेपाल बार एशोसियसनका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले जानकारी दिए।

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.3K
  • 2
  •  
  •  
  •  
  •  
    1.3K
    Shares