sag-2019

भोलि यस्ता सवारीसाधन काठमाण्डौमा चलाउन नपाउने, ट्राफिकले दियो यस्तो सूचना !

सेयर गर्नुहोस्
  • 1.8K
  • 11
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

दक्षिण यशियाली खेलकुदलाई मध्यनजर राखेर ट्राफिक प्रहरी कार्यालयले काठमाडौंमा सवारी आवागमनका लागि कडा नियम लागू गरेको छ । काठमाडौं भित्रका मुख्य सडकमा जोर विजोर नम्बर प्रणाली लागू गरिएको छ । ट्राफिक प्रहरीले भोलि अर्थात् मंसिर २४ गते काठमाडौं उपत्यका भित्र जोर नम्बरका मात्र सवारी साधन चलाउन अनुरोध गरेको छ ।

ट्राफिक चापका कारण खेलकुदमा आएका पाहुनालाई समस्या पर्ने भएकाले यस्तो नियम लागू गरिएको प्रहरीले जनाएको छ । ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन जोर नम्बरका मात्र गाडी चलाउन उपत्यकावासीहरूलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध गरेको हो।

जस अनुसार पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक कार्यालयले एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो आग्रह गरेको छ । प्रहरीले जारी गरेको सूचना यस्तो छ ।

nepali-traffic
Facebook Comments

सेयर गर्नुहोस्
  • 1.8K
  • 11
  •  
  •  
  •  
  •  
    1.8K
    Shares